यस गाउँपालिकाबाट निकासी भै जाने कृषिजन्य उत्पादनको कर ठेक्का प्रक्रियाबाट उठाउनको लागि संगैको सूचना हेर्नुहोला |बिस्तृत जानकारीको लागि कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ |
यस कार्यालयको लागि आवश्यक सामान तथा सेवा उपलब्ध गराउन सकिने दर रेट सहित सुची उपलब्ध गराउनुहुन कम्पनी,प्रा.लि.,फर्म,व्यक्ति वा संस्थालाई सुचित गरिन्छ |बिस्तृत जानकारीको लागि संगैको सूचना हेर्नुहोला |साथै यो सूचना मिति २०७५/०४/०३ गतेको समाधान राष्ट्रिय दैनिकमा समेत प्रकाशित गरिएको छ |
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ नम्बर वडा कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदको लागी यहि मिति २०७४/१२/२८ गते सूचना प्रकाशित मितिले सात दिनभित्र आवेदन पेश गर्नुपर्ने उल्लेख भएकोमा २०७५/०१/१२ सम्मको लागी म्याद थप गरिएको व्यहोरा सुचित गरिन्छ |
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, २ नं. वडा कार्यालय झोङको लागी कार्यालय सहयोगी करार सेवामा नियुक्ति गर्नुपर्ने भएकाले प्रथम पटक सुचना प्रकाशित भएको मिति २०७४/१२/२८ देखि सात दिनभित्र आवेदन दिनुहुन सुचित गरिन्छ |बिस्तृत जानकारीको लागी संगैको फाइल डाउनलोड गर्न सक्नुहुने छ |
केन्द्रीय तथ्यांक विभागबाट प्रथम पटक प्रकाशन गर्न लागिएको राष्ट्रिय आर्थिक गणना २०७५ को गणना कार्यको लागी तपशिल बमोजिम योग्यता पुगेको व्यक्तिले सुचना प्रकाशित मितिले ७ दिन भित्र आबेदन दिनुहुन सुचित गरिन्छ|बिस्तृत जानकारीको लागी संगैको फाइल डाउनलोड गरि हेर्नुहोला|