FAQs Complain Problems

संक्षिप्त परिचय

वारागुङ  मुक्तिक्षेत्र गाउँपालिका नेपालको गण्डकीप्रदेशको हिमाली जिल्ला  मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो ।बिश्व मानचित्रमा वारागुङ  मुक्तिक्षेत्र गाउँपालिकाको अवस्थिति २८ डिग्री ४५ मिनेट देखि २९ डिग्री ०५  मिनेट  उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट देखि ८४ डिग्री ०७  मिनेट  पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लो घ्याकर दामोदर कुण्ड दक्षिणमा घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको उत्तरी भाग  रहेको  छ| समुन्द्र सतहबाट २८०० मिटर देखि ५३१० मिटर सम्म उचाइमा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ८८५.७८ वर्ग कि.मी. रहेको छ|जुन नेपालको कुल क्षेत्रफलको ०.६० प्रतिशत हुन जान्छ| जन घनत्वका हिसाबले पातलो बस्ती रहेको यस गाउँपालिकाको जनसंख्या २३३०(२०६८ को जनगणना अनुसार) रहेको छ | जसमा पुरुषको संख्या ११२१ छ भने महिलाको संख्या १२०९ छ । यस गाउँपालिकाको जम्मा जनसंख्या  मुस्ताङ्गको कुल जनसंख्याको १७.३२ प्रतिशत हो। गाउँपालिकाको जम्मा घरधुरी संख्या ७५३ रहेको छ ।

 हावापानी सुख्खा ठण्डा रहेको यस गाउँपालिकाको  तल्लो भागमा तुलनात्मक रूपमा बढि बर्षा भए तापनि माथिल्लो भागमा अत्यन्त कम बर्षा हुन्छ। गर्मी महिनाको अधिकतम तापक्रम २६ डिग्री से. र हिउँद महिनामा न्युनतम -९ डिग्री से. सम्म झर्दछ । हावापानी अनुसार हिमालको नजिक कोणधारी वनस्पति र माथिल्लो भागमा होचा काँडेदार वनस्पति पाइन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.