सूचना तथा समाचार
गाउँपालिकाको अनुदानमा सार्वजनिक यातायात संचालन
#वारागुङमा_सार्वजनिक_यातायात_सेवा_सुरु
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
का स्थानिय बासिन्दा,कर्मचारी,पर्यटक र समग्र मुस्ताङबासीलाई वारागुङ भित्र आवातजावतमा भएको यातायात असहजतालाई मध्य नजर गर्दै गाउँपालिका भित्र नियमित रुपमा सार्वजनिक यातायात सेवा संचालन गर्ने गरि
गाउँपालिका र मुस्ताङ मुक्तिनाथ यातायात प्रा.लि. बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।अब देखि मुस्ताङ मुक्तिनाथ यातायात प्रा.लि. ले गाउँपालिका भित्र (चैले-जोमसोम,झोङ-जोमसोम,मुक्तिनाथ-जोमसोम) बिहान बेलुकी नियमित रुपमा बार्है महिना सार्वजनिक यातायात सेवा सन्चालन गर्नेछ।गाउँपालिकाको अनुदान सहयोगमा सोमबारदेखि उक्त सेवा सुरु भएको हो।