FAQs Complain Problems

ग्यालरी

प्रबिधिको प्रयोग संगै शुसासन कायम गर्दै जनतालाई छिटो छरितो र सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले  गाउँपालिकाको मोबाइल एप लन्च गरिएको छ।अब घरमै बसि बसि गाउँपालिकाले प्रदान गर्ने सेवा,आवश्यक कागजात र प्रकृया,योजना तथा कार्यक्रम,सुचना समाचार,आपतकालिन नम्बर,जनप्रतिनिधी तथा कर्मचारीको फोटो सहितको सम्पर्क विवरण,वडाको प्रोफाइल,महत्वपुर्ण स्थान,गुनासो तथा समस्या दर्ता जस्ता विभिन्न सेवा तथा जानकारी लिन सकिने छ।

मिति: 10/22/2018 - 13:38

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजनामा मिति २०७५/०४/२९ देखि संचालित पाँच दिने भाषण तथा लेखन कला सम्बन्धी तालिमको झलकहरु |कार्यक्रममा रेडियो,टेलिभिजन, स्टेज गरि करिव १५ वर्ष   भन्दा बढी लामो अनुभव भएका गोबिन्द थापाले सहजीकरण गरेका थिए भने कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,आमा  समुह,युवा क्लब,शिक्षक, बिद्यार्थी    गरी करिब ४० जनाको सहभागीता रहेको थियो |

मिति: 08/16/2018 - 16:50
, , , , , , ,

वारागुङ मुक्तिक्षेत्र  गाउँपालिकाको आ.व. २०७५/७६ को लागि नीति तथा कार्यक्रम एबम बजेट बारे छलफलको झलकहरु 

मिति: 07/07/2018 - 11:57

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत वारागुङ  मुक्तिक्षेत्र गाउँपालिका कार्यालयमा मिति २०७४/१२/२३ गते शुक्रबार  पूर्ण सरसफाई सम्बन्धि जनचेतना  अभिवृद्धि कार्यक्रम सम्पन्न भयो|गाउँ कार्यपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन    गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले स्वागत मन्तब्य व्यक्त  गर्नुभएको थियो भने परियोजनाका बिशेषज्ञ चन्द्र भक्त बिस्टले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो| सरकारी निकाय कर्मचारी,बिभिन्न संघसंस्था प्रतिनिधि.आमा समुह,युवा क्लब गरी करिब ८० जनाको सहभागीता रहेको थियो|

मिति: 04/09/2018 - 12:38

मिति २०७४/११/०५ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत श्री गोविन्द सिग्देलको  नेतृत्वमा स्थानीय जनप्रतिनिधिज्युहरु,सुरक्षा निकायका साथीहरु,विषयगत कार्यालयका प्रमुख तथा सहायक र गाउँपालिकाका कर्मचारीहरु समेतको उत्साहजनक  सहभागितामा कागखोलामा भएको फोहोर   ब्यबस्थापन गर्दै कागबेनी घाट वरपर गरिएको सरसफाई कार्यक्रमको झलकहरु|

मिति: 02/22/2018 - 15:01

Pages